• बुधबार ७-११-२०८३/Wednesday 10-28-2026
खेलकुद

विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गरेको छ ।

 

त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो । विराटनगरका लागि इमरान शेखले ३९ र लोकेश बमले २६ रन बनाए । आन्द्रे रसेलले १७ बलमा ३३ रन जोडे ।

 

चितवनका कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २६ रन खर्चिए। रिजन ढकालले २ तथा टम टेलर, रञ्जित कुमार, मौसम ढकाल र डान मौउस्लेले समान १ विकेट राखे।

 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो।

 

चितवनका ओपनर डेभिड मलानले सर्वाधिक ७० रन बनाए। ५० बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गरे। कप्तान रवी बोपाराले अविजित ३२ रन बनाए। २६ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरे।

 

डान मौउस्ले २९ रनमा अविजित रहँदा देव खनालले १२ रन बनाए। विराटनगरका एन्जेले म्याथ्यू, आन्द्रे रसेल र चारिथ असलंकाले समान १ विकेट लिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार