• सोमबार ८-७-२०८३/Monday 11-23-2026
रंगमञ्च

‘यहाँ मेरो आँखाको फ्यान धेरै छन् ’

रंगमञ्च  

कुनै चरित्रलाई लिएर कुनै घटना अथवा कथामा प्रत्यक्ष रुपमा काम गर्नु रंगमञ्च हो ।

 

रंगमञ्चमा प्रवेश

मैले पहिलो पटक आठ दशबर्ष अघि रसियन कल्चर सेन्टरमा नाटक हेरेको थिएँ । नाटक निकै राम्रो लाग्यो । त्यसपछि गुरुकुलमा नियमीत नाटक मञ्चन हुन्छ भन्ने थाहा पाएँ । त्यसपछि म नियमीत नै नाटक हेर्न थालें । गुरुकुल, थिएटर भिलेज, सर्वनाम, मण्डला थिएटर लगायतमा नाटक हेर्दा हेर्दै एकदमैै धेरै लगाव भयो । गुरुकुल मै सिक्छु भन्ने चाहना थियो त्यतिखेर जुरेन । कामले गर्दा ,पढाईले गर्दा पछि मण्डला थिएटरमा आएर तेस्रो व्याजमा नाटक पड्न थाले । 

 

नाटकको शुरुवात 

नाटकमा मेरो शुरुदेखी कै लगाव थियो तर मिलीरहेको थिएन । मण्डला थिएटरमा शुरु भएको तेस्रो व्याज पड्नको लागी मैले अलि अगाडी देखी नै जागीर नै छाडेर बसेको थिएँ । सुनिल सरले पनि त्यहिबेला हामीलाई पढाउनु भयो । त्यसबेला स्टुडेण्ट प्रोडक्सन ‘जार’ भन्ने नाटक भएको थियो । त्यस नाटकमा मैले मुखियाको भुमिका निर्वाह गरेको थिएँ जुन एकदमै राम्रो बनेको थियो । म नाटकमा यसरी आएको थिए । 
 

पहिलो नाटकको अनुभव 

एकदमै राम्रो थियो । सुनिल सरसँग काम गर्न पाउँदा एकदमै राम्रो अनुभव भयो । उहाँको अनुभव र दक्षता अनुसार नै काम गराउनु भयो । यो मेरो लागि एउटा बिल्कुलै नयाँ अनुभव थियो । 
 

रंगमञ्चको संसार

रमाइलो  छ । आफुलाई इच्छा लागेको काम गर्न पाइन्छ । रंगमञ्चमा खासै रोकटोक हुँदैन । 

 

‘इँगिहोपो कोइँच सुनुवार’ को अर्थ

इँगिहोपो कोइँच सुनुवार यो हाम्रो आफ्नै संस्कृतिक नाम हो । इँगिको अर्थ सुनुवारहरुको निराकार देउता र सृष्टिकर्ता हो । होपो भनेको राजा भइहाल्यो । सुनुवारहरुको आफ्नो मौलिक पहिचान चाँहि कोइँच हो । सुनुवार चाँहि पछि राज्यले दिएको हो लगभग ३०० बर्ष जत्तिमात्र भयो होला ।

 

बास्तविक नाम 

मेरो नागरिकताको नाम देवराज सुनुवार हो ।

 

इँगिहोपो कोइँच सुनुवार नामको कारण

हामी आफ्नो मौलिकताको कुरा गर्छौं । आफुलाई चिनाउनु पर्दा आफ्नो मौलिकतामा चिनाउनु पर्छ भन्ने लाग्यो । अर्को कुरा आफुले आफुलाई नजिक चाँहि इँगि मै पाएँ । आयातित नामहरु भन्दा आफ्नै नाम हुनु जरुरी छ जस्तो लाग्यो त्यही भएर यो नाम राखेको हुँ । 
 

आँखाको फ्यान 

खै त्यस्तो त केहि थाहा छैन् । जन्मिदै यस्तो थियो होला । सायद मेरो जातीयता का कारणले हुन सक्छ । बाहिर देख्दा मलाई धेरैले तिम्रो आँखा चाहि बबाल छ भनेर जिस्काउने गर्छन। कति त म तिम्रो आँखाको फ्यान नै हुँ पनि भन्छन् । यसमा धेरै केटीहरु नै छन् । 

 

नाटकबाट चलचित्रमा प्रवेश

नाटर चलचित्र दुवै कलाकारीताको क्षेत्र हो । एउटा कलाकारमा सायद धेरै दर्शकले चिनुन् भन्ने लोभ पनि हुन्छ होला । त्यही भएर एक दुई वटा काम गरिरहेको छु । यो एउटा अनुभवको लागि पनि हो । 
 

चलचित्र र नाटकमा सजिलो

कलाकारले चरित्र निभाउन हो । चरित्र निभाउनु चरिचमा जिवन भर्नु गाह्रै छ । प्राविधिक पक्षले गर्दाखेरी चलचित्र अलिक गाह्रो होला । नाटकमा चाँहि टिम हुन्छ । सबैलाई चिनेर अभिनय गर्नुपर्छ । चलचित्रमा चाँहि थाहा हुँदैन । एकैपटक सुटिङमा भेटिन्छन् । मेरो लागी मैले धेरै चलचित्रहरुमा काम नगरेको भएर पनि यस्तो लागेको हुनसक्छ । मलाई दुबै क्षेत्र उस्तै उस्तै लाग्छन ।
 

चलचित्रकर्मीको रंगकर्मीमाथी व्यवहार 

मैले काम गरेको चलचित्रमा त्यस्तो अनुभव खासै गर्न पाइन् । आफ्नो आफ्नो अनुभव हुन्छ । सायद अरुहरुले भोग्नु भयो होला । मैले चाँहि त्यस्तो अनुभव गरेको छैन र यस्तो उस्तो भयो भनेर सुनेको पनि छैन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार