• शुक्रबार ६-२३-२०८३/Friday 10-09-2026
देश/प्रदेश

महाधिवेशन प्रतिनिधिहरूको एक दिनको बसाइँ र खाना खर्च पार्टीले व्यहोर्ने

काठमाडौं । कांग्रेसको १५औँ महाधिवेशन १ दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप १ दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ।

 

कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएका हुन्। आवश्यकता अनुसार थपिएको समयावधि बमोजिम खानाको साविक स्थान भृकुटीमण्डपमा नै ब्यवस्था गरिने बताइएको छ ।

 

एक दिन अधिवेशन सर्दा मर्का परेकाहरूले आफ्नो क्षेत्रको क्षेत्रीय सभापति मार्फत आज साँझ या भोलि बिहान केन्द्रीय कार्यालयको डेस्कमा सम्पर्क गरेर आवश्यक ब्यवस्थापन गरिने भनिएको छ ।

 


निर्वाचन समितिले भोलि असोज २३ गते बिहान ७ बजेदेखि अपरान्ह ३ बजेसम्म निर्वाचन गर्ने गरी कार्यक्रम परिमार्जन गरेको  हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार