• बिहीबार ६-२२-२०८३/Thursday 10-08-2026
देश/प्रदेश

नेपालका लागि नयाँ भारतीय राजदूतमा दलेला

काठमाडौं । भारतले नेपालका लागि राजदूतमा सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतको अनुसार भारतले नेपालको लागि नयाँ राजदूतमा सुधाकर दालेलाको नाम पठाएको छ,

 

भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्पन्न गरी हालै मात्र स्वदेश फर्किएका थिए । त्यसपछि भारतले नेपालको लागि नयाँ राजदूतमा दलेलाको नाम पठाएको हो । उनी भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशहरूसँग विकास साझेदारी, अफ्रिकासँगको साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषयहरू हेर्छन् । दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए ।

 

उनको आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु गरेका थिए । भारतीय विदेश मन्त्रालयका अनुसार उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डी.सी.स्थित भारतीय कूटनीतिक नियोगहरूमा सेवा गरेका छन् । सन् २००९ देखि २०११ सम्म उनले प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गरेका थिए ।

 

उनले विदेश मन्त्रालयमा निर्देशक (उत्तर- सन् २००६ देखि २००७) र पछि सह-सचिव (उत्तर - सन् २०१६ देखि २०१९) को रूपमा भुटान र नेपालसँग भारतको सम्बन्धको जिम्मेवारी हेरेका थिए ।

 

उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा निर्देशक (व्यापार नीति) र विश्व व्यापार संगठन (WTO) स्थित भारतको स्थायी नियोगमा दुई पटक (सन् २०१४-२०१६ मा भारतको उप-स्थायी प्रतिनिधिको रूपमा समेत) सेवा गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार