कांग्रेस पदाधिकारीका पदमा कस–कसको पर्यो उम्मेदवारी ?
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ। सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरको उम्मेदवारी परेको छ ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापति (महिला) मा पुष्पा भुसालले मात्र उम्मेदवारी दर्ता गरेका छन् । उपसभापति खुलामा डा चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा चन्द्रमोहन यादवको उम्मेदवारी परेको छ ।
समावेशी उपसभापतिमा जीवन परियार, बिनोद चौधरी, फर्मुल्लाहा मन्सुर, सीता गुरुङ र रन्जित कर्णको उम्मेदवारी परेको छ । खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शङ्कर तिवारी, डा सुनिल शर्मा र डा सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन् । महामन्त्री महिलामा डा डिला संग्रौला, डिना उपाध्याय र रिता खनालको उम्मेदवारी परेको छ ।
सम्बन्धित समाचार





प्रतिकृया दिनुहोस