• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026
अर्थ

नाडा र भन्सार विभागबीच वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याबारे छलफल

काठमाडौं नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भोटेकोशी बाढीका कारण अटोमोबाइल्स क्षेत्रमा परेको समस्याबारे भन्सार विभागसँग छलफल गरेको छ ।नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भूषालसँग यसबारे छलफल गरेको हो ।

 

उक्त छलफलमा नाडाका अध्यक्ष उपे्रतीले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले दशैँ तिहार जस्ता चाडवाडको सीजनलाई ध्यानमा राखि सयौको सख्यामा चीनबाट आयातित सवारी साधनहरु बगाएको बताएका छन् । उनले पीडित पैठारीकर्ताहरुले सरकारकातर्फबाट पाउनु पर्ने राहतका विषयमा छिटो भन्दा छिटो कार्यान्वयनका लागि समेत आग्रह गरेका छन् ।

 

यसै छलफलको सिलसिलामा नाडाका महासचिव मिलनबाबु मल्लले बाढी पश्चात चिनियाँ भन्सार नखुलेका कारण सीमा क्षेत्रमा पाँचसय भन्दा बढी सवारी साधनहरु रोकिएको भन्दै त्यसको सहजीकरणका लागि अनुरोध गरेका छन् । उनले अहिलेसम्म ११ सिटे विद्युतीय माइक्रोवसहरु नछुटेको जानकारी दिँदै यसका लागि समेत पहल गर्न अनुरोध गरेका छन् ।

 

छलफलमा महानिर्देशक भुषालले यस सन्दर्भमा सरकारले पीडित व्यवसायीहरुका लागि के कस्ता सुविधा र सहुलियतहरु के कसरी दिने हो त्यसको मोडालिटिका सम्बन्धमा अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयविच गृहकार्य भईरहेको जानकारी दिए । उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्षहरु अभिक ज्योति र विक्रम सिंघानिया र सचिव मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार