• शुक्रबार २-१-२०८३/Friday 05-15-2026
विचार

त्रास होइन आशा जगाउँ सरकार

देवी सापकोटा

सामाजिक सञ्जाल सरकार बिरुद्ध  तातेको छ । बिना तयारी डोजर चल्यो भनेर त कहिले सदनमा प्रधानमन्त्रीले सम्बोधन गरेनन भनेर । एउटा समुह खोला किनारबाट सुकुम्बासी बस्ती हटाउनु उचित हो भनिरहेको छ भने अर्को पक्षले भन्दैछन तयारी पुगेन । अतिक्रमीत बस्ती हटाउन विगतका सरकारले प्रयास गर्दा गर्दै पनि बस्ती व्यवस्थापन गर्न सकेको थिएन । सरकारले यतिसम्म हतार ग¥यो की प्रभावितले अति आवश्यक आफ्ना सरसामान र लूगा फाटो समेत झिक्न भ्याएनन ।  प्रयाप्त तयारी नपुगेको प्रष्टै छ । उनीहरुको बासस्थानको टुङ्गो लगाएर अतिक्रमीत संरचना भत्काउन सकिन्थ्यो तर सरकारले त्यसो गर्न उचीत देखेन । जस्ले गर्दा नसोचेको घटनाहरु हुनपुग्यो । केहि व्यक्तिहरुको ज्यान समेत गयो । बालबच्चाहरु अतालिए  । बृदवृदा, सुत्केरी र बालबालिका बढी प्रभावीत देखिएका छन । सरकार पुजीपतिहरुको मात्रै भयो विपन्नको बन्न सकेन’भन्ने आरोप  सरकारलाई लाग्दै आइरहेको छ । सरकारले उनीहरुको मागको उचित सम्बोधन गरोस ।

 

जेनजी युवाको आन्दोलन पछि देशले फरक बाटो लियो । भाद्र २३ र २४ को प्रर्दशन पछि केपीशर्मा ओलीको सरकार ढ्ल्यो ।नागरिक सरकार बन्यो । नागरिक सरकाले गरेको निर्वाचन पछि बनेको नयाँ सरकारले केहि दिन अघि मात्रै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले प्रविधीमैत्रि नीति तथा कार्यक्रम अघि सारेको छ । आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित, पारदर्शी गरिने उल्लेख गरेको छ । करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवार माथिको बोझ घटाउने  भनिएको छ । पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्द्रिय मापदण्ड अनुरूप विकास गरिने पनि निती  तथा कार्यक्रममा उल्लेख छ। धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्सरचना गर्दै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बिमा, म्युचुअल फन्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिने उल्लेख छ ।

 

त्यस्तै सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्द्रिय रणनीतिक उद्योग घोषणा गरी सफ्टवेयर, डिजिटल सेवा, क्लाउड सेवा, साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआई कम्प्युटेसन निर्यातलाई प्रवर्धन गरिने भनेर समावेश गरेको छ । डिजिटल पार्क, उच्च क्षमताका डेटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई टेक हबका रूपमा अघि बढाइने लगायतका नीती तथा कार्यक्रममा समावेश गरेको भनिए पनि सदनमा नै सांसदहरुले अधिकांश पुरानै निती तथा कार्यकमको फोटो कपी गरिएको भनेर आलोचनो गर्न छाडेका छैन ।बहिस्कार र नाराबाजीबिच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित भएको छ ।  हेर्दा आर्कषक देखीने निती तथा कार्यक्रमलाई पूरा गर्न सरकारले कस्तो बजेट ल्याउला त्यो भने पर्खिनै पर्ने छ ।

इजराएल, अमेरीका र इरान बीच पछिल्ला केहि महिना देखीजारी युद्धको प्रभाव प्रवासमा रहेका नेपाली देखी हरेक भान्सा सम्म परेको छ । दैनिक उपभोग्य सामाग्रीको मूल्य आकासिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोलियम पदार्थको मूल्य बढे संगै पहेलो धातु सुन र पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आम मानिसलाई सार्वजनिक रुपमा अपिल गरेका समाचारहरु संचार माध्यमहरुमा आइरहेका छन । नेपालमा पनि अवस्था सहजभने छैन । महंगी बढीरहेको छ। उपभोग्य सामग्रीको खरिद गर्न २ पटक सोच्न पर्न अवस्था देखिदैछ । लोकतन्त्रको रक्षा र निगरानीको जिम्मा युवा पुस्ताको काधमा भनिरहँदा सरकारले बाटो नविरायोस । प्रणाली सुधार गर्दै युवामा आशा र भरोसा जगाउनु यो सरकारको मुख्य दायित्व हो ।

 

आगामी दिनहरुमा युवा पुस्तालाई केन्द्रमा राखेर थप नयाँ नयाँ प्रविधीहरुलाई आत्मसाथ गर्दै समाचार सामग्रीहरु प्रस्तुत गर्दै जाने छौं भन्ने पनि यहाँहरुलाई विश्वास दिलाउन चाहन्छौं । यहाँहरुको साथ र मायाले हामी उत्साहीत छौं । अझ बढी जिम्मेवारीबोध भएको छ । आगामी दिनमा पनि हामीलाई साथ र हौसला प्रदान गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।  यो यात्रामा साथ दिने पाठक, विज्ञापनदाता, व्यावसायिक रुपमा साझेदारी गर्ने संघसस्था प्रति आभारी छौं । यहाँहरुको साथ सहयोग आगमी दिनमा पनि उतिकै आवश्यक छ । प्रभावकारी सुचना दिन हामी सधै सचेत र सजग रहने नै छौं । हामीलाई यहाँसम्म ल्याउन साथ सहयोग प्रेरणा दिनु हुने लेखक तथा बरिष्ठ पत्रकार किशोर नेपाल, अर्थविद बिनोद सिजापती, प्रा.डा.माधवी सिंह शाह,कवि विप्लव प्रतीक, लेखक तथा अधिकारकर्मी चट्याङ मास्टर, युवराज गौतम, लेखक राधा जिसी र आइटेक नेपाल लगायत सबै प्रति हामी आभारी छौं । फ्रेसन्यूज नेपाल आजबाट नवौं बर्षमा प्रवेश गरेको छ । यहाँहरुले दिनुभएको अपार माया र सम्मान प्रति हामी आभारी छौं । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार