• बिहीबार १-३१-२०८३/Thursday 05-14-2026
शिक्षा

एसईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । 

 

परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो ।  एसईई परीक्षा सञ्चालन भएको एक महिनामा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् ।

 

यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो । यस वर्ष नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।

 

नतिजा हेर्ने तरिका

– नेपाल टेलिकम : १६०० (SMS/USSD र IVR सेवा)

– आधिकारिक सरकारी साइट : www.see.gov.np र www.neb.gov.np

– नेपाल टेलिकम : www.see.ntc.net.np
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार