थलापतिले लिए मुख्यमन्त्रीको शपथ, तीन निर्णयमा हस्ताक्षर
काठमाडौं । टीभीके पार्टीका अध्यक्ष सी. जोसेफ थलापति विजयले मुख्यमन्त्रीको शपथ लिएका छन् । उनले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको शपथ लिएका हुन् ।
काठमाडौं तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले आइतबार विजयलाई पद तथा गोपनीयताको शपथ गराए । २३४ सदस्यीय विधानसभामा १२० निर्वाचित विधायकहरूको समर्थन प्राप्त गरेपछि शनिबार विजयलाई सरकार गठनका लागि आमन्त्रण गरिएको थियो ।
विजयले बिहान १० बजे चेन्नईको नेहरू स्टेडियममा शपथ लिएका हुन् । उनीसँगै टीभीकेका केही वरिष्ठ नेतासहित अन्य नौजनाले मन्त्री पदको शपथ लिएका छन् । विजयले भारतीय नेशनल कांग्रेसको सहयोगमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् ।
शपथग्रहण समारोहमा सहभागी हुन कांग्रेस नेता राहुल गान्धी पनि पुगेका थिए । कांग्रेसले आफ्ना पाँच विधायकसहित टीभीकेलाई समर्थन दिएको थियो । समारोहमा अभिनेत्री तृषा कृष्णन, तमिल अभिनेत्री सनम शेट्टीलगायत धेरै चर्चित व्यक्तित्वहरूको उपस्थिति थियो । यसबाहेक, विजयलाई समर्थन गर्ने विभिन्न दलका नेताहरू पनि समारोहमा सहभागी थिए ।
शपथ लिएलगत्तै उनले मञ्चमै तीनवटा आदेशमा हस्ताक्षर गरेका छन् । ती आदेशहरूमा हरेक घरलाई २०० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने, लागुऔषध समस्या नियन्त्रणका लागि प्रत्येक जिल्लामा विशेष बल गठन गर्ने तथा महिला सुरक्षाका लागि विशेष टास्क फोर्स स्थापना गर्ने निर्णय समावेश छन् ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस