• बुधबार ३-१०-२०८३/Wednesday 06-24-2026
खेलकुद

कङ्गोसँग बराबरीमा रोकियो पोर्चुगल

काठमाडौं । पोर्चुगलले पहिलो खेलमा  कङ्गोसँग बराबरीमा रोकिएको छ ।खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले कङ्गोसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो। खेलमा  छैटौँ मिनेटमा पोर्चुगलका जोआओ नेभेजले  पेड्रो नेटोको पासमा हेड गोल गर्दै अग्रता दिलाएका थिए।

 

पहिलो हाफको इन्जुरी समयमा कङ्गोका स्ट्राइकर योने विस्साले आर्थर मासुवाकुको पासमा हेड गोल गर्दै खेललाई बराबरीमा बनाए । विश्वकपमा लगातार छैटौँ खेल खेल्ने दोस्रो खेलाडीको कीर्तिमान बनाउनुभएका ४१ वर्षीय महान खेलाडी रोनाल्डोले दुई वटा उत्कृष्ट अवसर गुमाएको थियो ।

 

यही समूहको अर्को खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ गोलले हराएको छ । पहिलो जितसँगै तीन अङ्क बनाएको कोलम्बिया शीर्षस्थानमा छ । उज्वेकिस्तानले हारबाट विश्वकपको यात्रा तय गरेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार