• बिहीबार ३-३२-२०८३/Thursday 07-16-2026
खेलकुद

विश्वकपमा जर्मनीको सानदार सुरुवात

काठमाडौं । फिफा विश्वकप २०२६ मा चारपटकको च्याम्पियन जर्मनीले सानदार सुरुवात गरेको छ। ग्रुप ‘ई’को पहिलो खेलमा जर्मनीले पहिलोपटक विश्वकपमा सहभागी कुराकाओलाई ७–१ गोल अन्तरले पराजित गरेको हो। जर्मनीलाई जिताउन काई हावर्ट्जले दुई गोल, फेलिक्स नमेचा, निको स्लोटरबेक, जमाल मुसियाला, नथानियल ब्राउन र डेनिज उन्डाभले एक एक गोल गरेका थिए ।

 

कुराकाओका लागि लिभानो कोमेनेन्सियाले गोल फर्काएका थिए। पहिलो हाफमा तीन गोल गरेको जर्मनीले दोस्रो हाफमा चार गोल थपेको थियो । समूह ‘ई’ मा पहिलो जितसँगै जर्मनीले तीन अङ्क बनाएको छ । कुराकाओले हारबाट विश्वकपको सुरुवात गरेको छ । 

 

सोमबार बिहान फिलाडेल्फिया स्टेडियममा भएको अर्को खेलमा आइभरी कोस्टले इक्वेडरलाई १–० गोलले हरायो । खेलमा आइभरी कोस्टलाई जिताउन अमाड डायलोले खेलको अन्तिम तथा ९० औँ मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै आइभरी कोस्टले तीन अङ्क बनाएको छ । इक्वेडरले हारबाट विश्वकपको यात्रा सुरुवात गरेको छ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार