बालेन्द्र शाह र १४ मन्त्रीद्वारा शपथ ग्रहण
काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।
यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।
यस्तै नवनियुक्त मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री बालेन शाह बालेन्द्रको सिफारिसमा १४ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
कार्यक्रममा १०८ जना बटुकले स्वस्तिक वाचन गरेका छन् । त्यस्तै, १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचन गरेका छन् साथै ७ जना ब्राह्मणले शंखनाद गरी शपथ ग्रहण समारोहलाई सनातन परम्पराअनुसार सम्पन्न गरिएको हो ।
बालेन नेतृत्वमा १४ मन्त्री
बालेन्द्र शाह, प्रधानमन्त्री,रक्षा ,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
स्वर्णिम वाग्ले, अर्थ मन्त्रालय
शिशिर खनाल, परराष्ट्र मन्त्रालय
सोविता गौतम, कानूनमन्त्री
विराजभक्त श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री
सुधन गुरुङ, गृहमन्त्री
प्रतिभा रावल, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासनमन्त्री
विक्रम तिमल्सिना, सञ्चार तथा सूचना प्रविधिमन्त्री
गीता चौधरी, कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्री
दिपक कुमार साह, श्रम, रोजगारमन्त्री
सस्मित पोखरेल, शिक्षा, युवा तथा खेलकुद
खडक पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री
सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री
सीता वादी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री
निशा मेहता, स्वास्थ्य तथा जनसंख्या साथै खानेपानी मन्त्रालय मन्त्री
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस