पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र मट्टीतेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएकाे हो ।
मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लाथिग १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ ।
यस्तै डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
निगमले मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यअनुसार स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन नसकेको निगमले जनाएको छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस