राष्ट्रिय गौरवका आयोजनामा काम गरेका अनुभवी भूगर्भविद् शर्मा चुनावी मैदानमा
काठमाडौं । काठमाडौँ क्षेत्र नं २ ले भूगर्भविद् कबिर शर्मालाई प्रतिनिधिसभा उम्मेदवारका रूपमा पाएको छ। नेपाली राजनीतिको पछिल्लो पुस्तामा ‘बौद्धिक र जुझारु’ छवि बनेको छ शर्माको । पार्टी भित्र अन्ततः उनको क्षमता, विज्ञता र यसै क्षेत्रको माटोमा हुर्किएको बलियो आधारलाई सम्मान गर्दै नेपाली कांग्रेसले उनलाई चुनावी मैदानमा उतारेको छ। शर्मा केवल एउटा राजनीतिक अनुहार मात्र होइनन् उनी यस क्षेत्रले लामो समयदेखि खोजिरहेको सुसंस्कृत राजनीति, उच्च शिक्षा, शालीनता र विकासप्रेमी युवा हुन्। शर्माको राजनीतिक यात्रा कुनै संयोग वा अचानकको उदय होइन, बरु १७ वर्षको उमेरदेखि नै त्रिचन्द्र क्याम्पसको जगबाट सुरु भएको एउटा निष्ठाको बलियो यात्रा हो ।
बीएस्सी पढ्दै गर्दा विद्यार्थी राजनीतिमा होमिएका उनले कहिल्यै अध्ययन र राजनीतिलाई अलग गरेनन् । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा रहँदा विद्यार्थीको हकहितमा लागिरहे । शर्माले पार्टीको आन्तरिक शक्ति सङ्घर्ष र पदको लोभ भन्दा सधैँ माथि उठेर निरन्तर आफूले पाएको जिम्मेवारीलाई पुरा गरिनै रहे । सबै तहका नेताहरूको सहयोगी बनेर पार्टीलाई एकताबद्ध बनाउन उनले भूमिका खेले । आज पनि यो क्षेत्रका अग्रज र समकालीन नेता तथा कार्यकर्ताहरूले उनको भूमिकालाई स्मरण गर्छन् । बदलिँदो कांग्रेसले मात्र देश बदल्न सक्छ भन्ने उनको बुझाई छ ।
नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल हुँदै नेपाली काँग्रेसको राजनीतिक यात्रा गरेका उनले आफ्नो भूगोलको राजनीतिलाई नै प्राथमिकता दिदै आएका छन । फलतः नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा उनी सम्भवतः देशभरकै सबैभन्दा कान्छो उमेरको क्षेत्रीय सभापतिको रूपमा निर्वाचित भएका थिए । काठमाडौँ क्षेत्र नं. २ ले पछिल्लो समय परिस्थितिको अनुकूलको राजनीतिक नेतृत्व विकास गर्ने कार्यमा सकारात्मक फड्को मारेको छ ।
राजनीतिमा अब्बल, इमानदार र निष्ठावान् व्यक्तिलाई मूलधारमा जोड्दै आम नागरिकमा राजनीतिप्रति आकर्षण जगाउनु अहिलेको मुख्य चुनौति भएको उनको बुझाइ छ । विशेष गरी पुराना राजनीतिक दलहरूलाई समयसापेक्ष रूपान्तरण गर्न र सबै पुस्ताका नेताहरूलाई एकाकार गरेर लैजान आवश्यक छ र “पुराना दलहरूले युवालाई अवसर दिँदैनन्” भन्ने भाष्यलाई चिर्दै कबिर शर्माले यस क्षेत्रमा नयाँ आशा जगाएका छन् ।
स्पष्ट विचार र दूरदृष्टि बोकेर अग्रजहरूको अनुभव र युवाहरूको जोसलाई समेट्दै अघि बढ्न सके क्षमतावान् युवाका लागि जुनसुकै दलमा पर्याप्त अवसर छ भन्ने सन्देश दिन शर्मा सफल भएका छन् । गतिशील र संस्कारयुक्त राजनीतिको जग बसाल्दै शर्माले काठमाडौँ क्षेत्र नं २ लाई राजनीतिक रूपान्तरणको एउटा बलियो खम्बाको रूपमा स्थापित गर्न उल्लेखनीय भूमिका खेलेका छन् ।
भूगर्भशास्त्रमा एमएस्सी गरेका उनी एक अनुभवी भूगर्भविद् हुन् । भूगर्भशास्त्रमा एमएस्सी गरेका उनी एक अनुभवी भूगर्भविद् हुन् । मेलम्ची खानेपानी आयोजना र चमेलिया विद्युत् आयोजना जस्ता राष्ट्रिय गौरवका आयोजनामा काम गरेको उनको अनुभव छ ।“शिक्षा केवल किताबी ज्ञानमा सीमित नभई जीवन जिउने कला सिकाउने र उपयोगी हुनुपर्छ” भन्ने मान्यतालाई उनले व्यवहारमै उतारेका छन् ।





प्रतिकृया दिनुहोस