जनकपुरलाई हराउँदै सुदूरपश्चिम
जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ। शनिबार भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ६ विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो। एनपीएलमा लगातार पाचौँ जित दर्ता गरेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ।
पाँच खेलबाट १० अंक बनाएको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा छ। सुदूरपश्चिमले लिग चरणमा चितवन, विराटनगरसँग खेल्न बाँकी छ। जनकपुरले दिएको एक सय ४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो। तेस्रो विकेटका लागि विनोद भण्डारी र इशान पाण्डेले ९२ रनको साझेदारी गर्दै सुदूरपश्चिमको इनिङ्स उकासेका थिए। सुदूरपश्चिमले दोस्रो ओभरमा नै एक रन बनाउँदा दुई विकेट गुमाएको थियो।
सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतक बनाए। उनले ३३ सात चौका र एक छक्का प्रहार गरे। उनी ६५ रनमा आउट भए। त्यस्तै, विनोद भण्डारी ४९ बलमा तीन चौका र एक छक्काको सहयोगमा ४२ रन बनाउँदै पेभेलियन फर्के। अर्का ओपनर जस ब्राउन गोल्डेन डकआउट भए। क्रिस लिन एक रन बनाउँदा क्याच आउट भए। हरमित सिंह २५ र कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा नटआउट रहे।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस