एनपीएल : चितवनसंग विराटनगर किङ्स ४८ रनले पराजित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबार सम्पन्न खेलमा चितवनले विराटनगर किङ्सलाई ४८ रनले पराजित गरेको छ।
१७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमा समेटियो । मर्चेन्ट डे लाङले सर्वाधिक ३९, प्रतिश जिसीले ३० रन जोडे पनि हार टार्न सकेनन् । चितवनका रञ्जित कुमारले ५, कमलसिंह ऐरीले २ विकेट लिए ।
यसअघि, त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनायो ।
रवी बोपराले अर्धशतक हिर्काउँदै ६५, सैफ अली जैवले ३२ र देव खनालले २८, कप्तान कुशल मल्लले अविजित २० रनको योगदान गरे । विराटनगरका कप्तान सन्दीप लामिछानेले २, मर्चेन्ट डे लाङले २, शुभम रञ्जनेले १ विकेट लिए ।
प्रतियोगितामा विराटनगरको यो पहिलो हार हो । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो । चितवनको भने यो दोस्रो जित हो । यसअघि पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको थियो ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस