• आइतबार ६-१२-२०८२/Sunday 09-28-2025
मनोरञ्जन

‘दी स्टुडियो’ सिरिजलाई सर्वाधिक १३ अवार्ड

काठमाडौं । अमेरिकाको लस एन्जलसमा ७७ औँ एमी अवार्ड आइतबार वितरण गरिएको छ । ओटिटी र टिभीको प्रमुख अवार्ड मानिने यस पटकको एमीमा ‘दी स्टुडियो’ सिरिजले सर्वाधिक १३ अवार्ड जित्यो ।

 

नेटफ्लिक्सको मिनी सिरिज एडोलेसन्सबाट चर्चित १५ वर्षीय ओवेन कुपरले ड्रामा सिरिज ‘एडोलेसन्स’ बाट मुख्य सहायक अभिनेताका लागि एमी अवार्ड प्राप्त गरेका थिए ।यस पटकको एमीमा ‘दी स्टुडियो’ सिरिजले सर्वाधिक १३ अवार्ड जितेको थियो । ‘सेभेरेन्स’ मा आफ्नो अभिनयका लागि ट्रामेल टिलम्यान र ब्रिट लोअरले उत्कृष्ट अभिनेता र अभिनेतृको अवार्ड प्राप्त गरे ।

 

समारोहको सञ्चालन हास्य कलाकार नेट बार्जेट्जले गरेका थिए । यससँगै रोगेन, गोल्डबर्ग, फ्रिडा पेरेज, पिटर हुइक र एलेक्स ग्रेगोरीले सोको पहिलो एपिसोड ९पाइलट० का लागि उत्कृष्ट लेखन पुरस्कार पाए । नेटफ्लिक्स ड्रामाले बेस्ट लिमिटेड वा एन्टोलोजी सिरिजको उपाधि हात पा¥यो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार