‘ईग्लू’लाई प्रथम पुरस्कार

काठमाडौं । अस्कर अन्तर्राष्ट्रिय कलेजले आयोजना गरेको तेस्रो युवा लघु सिनेमा प्रतियोगिताको प्रथम पुरस्कार उज्जवल श्रेष्ठको ‘ईग्लू’ सिनेमाले प्राप्त गरेको छ ।
चलचित्रले एक लाख रुपैयाँ पाएको छ । सिनेमाले लागू औषधमा फसेकी बहिनी र उसको दाजुबीचको सम्बन्धलाई कसरी एक स्वैरकाल्पनिक पात्रले बाटो देखाउँछ भन्ने कथा भन्छ ।
काठमाडौंको सुकेधारास्थित कलेजकै ‘साधना घर’ प्रेक्षालयमा सम्पन्न उत्कृष्ट दश सिनेमाको प्रदर्शनी तथा पुरस्कार घोषण एवम् वितरण कार्यक्रमा निर्णायकहरू शवनम मुखिया, सुजित बिडारी र नवीन चौहानले विजेताहरू घोषणा गरेका थिए ।
दोस्रो पुरस्कार सफल रेग्मीको ‘उल्झन’ले पाएको छ । तेस्रो पुरस्कार विप्लव विश्वासको ‘सकर–बकर’ले पाएको छ । उल्झनले प्रविधिका कारण भूलवश ऐठन खेपिरहेको जोडी र सकर–बकरले प्रयोगवादी शैलीमा कथा भनेको छ ।
जुरी पुरस्कार मिङ्ला लिम्बुको ‘खेने नु आङ्गा’ ले पाएको छ । जसले कवितात्मक ढङ्गले दुई युवतीको सम्बन्धको कथा पेस गरेको छ । दोस्रोले पचास हजार तथा तेस्रोले पच्चीस हजार रकम प्राप्त गरेका थिए ।
प्रतिकृया दिनुहोस