• शनिबार ४-२३-२०८३/Saturday 08-08-2026
राजनीति

म राजीनामा दिँन्न,बरु मलाई मारिदिनुस् : राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं । सामाजिक सञ्जालहरुमा राष्ट्रपति रामचन्द्र पौडेलको मौनतामाथी धेरैले प्रश्न गर्न थालेका छन् । विश्लेषक, वरिष्ठ पत्रकार तथा बुद्धिजीवीहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली सेनाले नजरबन्दमा राखेको हो कि भन्ने जस्ता आशंका गरिरहेका छन् । विश्लेषक र बुद्धिजिवीहरुले सामाजिक सञ्जाल एक्स, फेसबुक लगायतमा स्टाटस हाल्दै राष्ट्रपतिले यस्तो बेलामा बोल्नुपर्ने माग गरिरहेका छन् ।  


यसैबिच वरिष्ठ पत्रकार किशोर नेपालले सामाजिक सञ्जाल ट्वीटरको एक्समा बुधबार राष्ट्रपति पौडेलको उपस्थितिमा सुरक्षा प्रमुखहरूको बैठक बसेको र बैठकमा प्रधान सेनापति सिग्देलले राष्ट्रपतिसँग ‘राजीनामा दिन’ आग्रह गरेको भन्ने स्टाटस लेखेका छन् ।

 

उनका अनुसार सिग्देलले राष्ट्रपति पौडेललाई राजीनामा दिन आग्रहमात्रै नगरेर बाँकी सेनाले सम्हाल्ने अभिव्यक्ति दिएको पनि जिकिर गरेका छन्। आग्रहपछि राष्ट्रपति पौडेलले सेनापतिलाई 'म राजिनामा दिन्न बरु, तपाईहरु मलाइ मारी दिनुहोस र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइ दिनुहोस' भनेको समेत नेपालले दाबी गरेका छन्।

 

उनले गरेको यो ट्वीटपछि यदी धेरैले  यो विषय सत्य हो भने राजसंस्था ब्यूँताउने तयारी भइरहेकोसम्मको अड्कलबाजी गर्न भ्याएका छन् ।  सामाजिक सञ्जाल हेर्दा धेरैले आशंकासहित राष्ट्रपति सार्वजनिक हुनुपर्ने माग राखिरहेका छन् ।  

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार