• आइतबार ८-२९-२०८२/Sunday 12-14-2025
पत्रपत्रिका

११ हजार ५०५ कैदी भागे, खोजी जारी

काठमाडौं । मुलुकमा सृजित विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै देशका विभिन्न स्थानमा रहेका कारागार तोडेर कैदीबन्दी भगाउने र फरार हुने क्रम बढेको छ । जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउँदै मुलुकमा अकल्पनीय जनधनको क्षति गरिएसँगै कमजोर सुरक्षा व्यवस्थाको मौका छोपी विभिन्न अपराधमा संलग्न कैदी नै फरार भएपछि समाजमा भय सिर्जना भएको छ । 

 

कारागार व्यवस्था विभागका अनुसार काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) तोडफोड गरी पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित तीन हजार ४५० कैदी फरार भएका छन् । कारागार व्यवस्था विभागका महानिर्देशक लीला शर्माका अनुसार हालसम्म कम्तीमा ११ हजार ५०५ जना कैदीबन्दी विभिन्न जेल तोडेर फरार भएका छन् । राजधानीको केन्द्र सुन्धाराबाट सबैभन्दा बढी कैदी फरार भएका हुन् । 

 

त्यसै गरी गम्भीर प्रकृतिको अपराधमा संलग्न हुने कैदी राखिने सुनसरीको झुम्का कारागारबाट मात्र एक हजार ५७२ जना फरार भएका छन् । मङ्गलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिरिएपछि नख्खु कारागारमा रहेका अन्य एक हजार २७२ जना कैदी जेल तोडेर फरार भएका थिए ।गोरखापत्र

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार