• बिहीबार १०-९-२०८२/Thursday 01-22-2026
फेशन

लुनालाई मिस नेपाल २०२५ को उपाधि

काठमाडौं । मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन् । आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । 

 

‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुइँटेललाई घोषणा गरेको हो ।

 

यस्तै दिपशिखा नेपाल फस्ट रनरअप बनिन् भने सेकेन्ड रनर अप एवं मिस इनटरनेशनल उरुषा भण्डारी र थर्ड रनर अप तथा मिस नेपाल अर्थ सोनि घले भइन ।विजेताहरुलाई आयोजक तथा निर्णायक मण्डलका सदस्यहरूले ताज र प्रमाणपत्र प्रदान गरेका थिए।

 

सहविधामा पुरस्कृत प्रतियोगी :

मिस हेल्दि स्किन : आरती थापा

मिस कन्फिडेन्ट : प्रज्ञिका क्षेत्री

मिस ग्रिन भिजिनरी : जगदिश्वरी शाह

मिस प्रिस्टिन :  प्रियंका थापा

मिस टाइमलेस इलिजेन्स : उरुषा भण्डारी

मिस फेस अफ द इयर : स्मृति श्रेष्ठ

मिस इम्पावर्ड च्वाइस : दीपशिखा नेपाल

मिस डिलाइटफूल ह्याप्पीनेस इन्टिलिजेन्ट : लुना लुँइटेल

मिस ब्युटीफुल हेयर : सइच्छा थापा

मिस पपुलर च्वाइस : उरुषा भण्डारी

मिस फोटोजेनिक : स्मृति श्रेष्ठ

मिस फेस अफ फार्मेसी : स्मृति श्रेष्ठ

मिस ब्युटी विथ : पर्पस : श्रृष्टि कुमारी तामाङ

मिस इन्टलेक्चुअल : श्रुति महर्जन

मिस वुमन विथ विंग्स : निलिमा पोखरेल

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार