• आइतबार ८-२९-२०८२/Sunday 12-14-2025
पत्रपत्रिका

जुम्लामा फस्टाउँदै फुजी र गाला स्याउ

जुम्ला । जुम्लामा किसानले उच्च घनत्व फल्ने स्याउ विस्तारमा जोड दिन थालेका छन् । स्याउको क्षेत्र विस्तार गर्ने क्रममा इटालियन जातका गावा, फुजी, किङ्रेट, गोल्डेन, स्पिडलगायतका जातको स्याउ रोप्ने तथा उत्पादन वृद्धि गर्ने कामलाई जोड दिइएको छ । 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले ५० प्रतिशत अनुदान दिएर स्याउ वृद्धिमा सहयोग गर्दै आएको छ । कार्यालयका कृषि विकास अधिकृत खेमराज शाहीका अनुसार सुपरजोन कार्यालयबाट ५२ हेक्टरमा उच्च घनत्वको स्याउ किसानले रोपेका छन् । उहाँका अनुसार जुम्लामा आव २०७५/७६ सालबाट सुरु गरिएको परियोजनाबाट ५८ वटा स्याउ बगैँचामा लगानी भइरहेको छ ।

 

कार्यालयका अनुसार गुठीचौर गाउँपालिकामा मात्र स्याउ किसान मिनबहादुर भण्डारीको गुठीचौर एग्रोफर्मको मात्रै तीन वटा फर्ममा ४५ हजार बिरुवा रोपिएको छ । यस्तै किसान टङ्क गिरीको बगैँचामा १४ हजार बिरुवा रोपिएका छन् ।  कार्यालय प्रमुख सन्तोषकुमार चौधरीले यस वर्ष स्याउ सुपरजोनले गरेका कामको सर्वपक्षीय अनुगमनसमेत गरिएको जानकारी दिनुभयो । किसानलाई ७८ लाख बराबरको बगैँचा भएका किसानलाई अनुदान सहयोग गरिएको छ ।गोरखापत्र

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार