शान्ती श्री परियारको स्वरमा ’वनको तरुल’ सार्वजनिक

काठमाडौँ । गायिका शान्ती परियार र गायक विवेक खत्रीको स्वरमा रहेको 'वनको तरुल’गीतको सार्वजनिक भएको छ । 'वनको तरुल’ गीतले नेपाली लोक संगीतको मौलिकतालाई कायम राख्दै नयाँ पुस्ताको रुचि अनुसार आधुनिक प्रस्तुति दिन खोजेको देखिन्छ ।
गीतका सर्जक विक्रम बावु विश्वकर्माको शब्द तथा लय सिर्जनामा रहेको गीतमा विश्वास नेपालले गीतलाई एरेन्ज गरेका छन । सुनिल भण्डारीको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा कमल भक्तको कोरियोग्राफी तथा निर्देशनमा रहेको गीतमा सरद एल जी , गोविन्द विवस र कृपा पौडेलको अभिनय रहेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस