सञ्चारिका समूहको नव निर्वाचित कार्यसमितिलाई इप्पानको बधाई

काठमाडौं । सञ्चारिक समूहको नवनिर्वाचित कार्यसमितिलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
मुलुकको ऊर्जा क्षेत्रको विकासमा पत्रकारीताको महत्वपूर्ण योगदान रहेको र त्यसमा पनि महिला पत्रकारहरुको इमान्दार प्रयास रहेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताउनु भयो ।सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले इप्पान जस्ता संस्थाले पत्रकारहरुको क्षमता विकासमा सहयोग गरे ऊर्जा मार्फत समग्र देशको विकास सम्भव हुने बताउनुभयो ।
बधाई कार्यक्रममा इप्पानबाट अध्यक्ष कार्कीसहित वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, महासचिव बलराम खतिवडा, सचिव भरत नेपाल, कार्यसमिति सदस्य मिथुन पौडेल र प्रमुख कार्यकारी अधिकृत भीम गौतम सहभागी हुनुहुन्थ्यो ।
सञ्चारिका समूहको तर्फबाट अध्यक्ष कमला पन्थी, महासचिव राधा खनाल, कार्यसमिति सदस्य कल्पना शर्मा, कालिका शिवाकोटी, सम्झना वन, राधा पौड्याल, तारा चापागाईं, देवी सापकोटालगायत सहभागी हुनुहुन्थ्यो ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस