• बिहीबार १०-९-२०८२/Thursday 01-22-2026
श्रृङगार

बालाजुमा थपियो ‘क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’ को नयाँ शाखा

काठमाडौँ। वरिष्ठ ब्यूटी एक्सपर्ट चन्दा पुनले आफूले स्थापना गरेको ‘क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’को नयाँ शाखा काठमाडौंको बसन्तनगर,बलाजुमा सञ्चालनमा ल्याएकी छिन्। 

 

उक्त सेन्टरको उद्घाटन कार्यक्रममा रुसका श्रेष्ठ, राधा शर्मा, मिस पवि, झरना रिसाल, सुजल बम ,सविता रेग्मी ,अनिता गिरी, सृष्टि घिमिरेको उपस्थिति रहेको थियो । कार्यक्रममा सेन्टरका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र अवार्ड पनि प्रदान गरिएको थियो। 

 

भर्खरै उद्घाटन गरिएको ‘क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टरमा आउने ग्राहकहरुलाई तीन महिनासम्म ५० प्रतिशत छुट दिएको सौन्दर्यविद् पुनले बताइन । पुनले विगत २० वर्षदेखि सौन्दर्य क्षेत्रमा सक्रिय रही, लाखौं ग्राहकहरूलाई सेवा दिँदै आएका छन्।

 

सिटीभिटी मान्यता प्राप्त क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’ बाट उनले हजारौँको सङ्ख्यामा विद्यार्थीहरूलाई व्यवसायिक प्रशिक्षण दिई स्वावलम्बी बन्न प्रेरित गरेकी छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार