• मंगलबार १-२३-२०८२/Tuesday 05-06-2025
शिक्षा

आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन शिक्षामन्त्रीको आग्रह

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनमा रहेका  शिक्षकहरूलाई वार्तामा बोलाएका छन  ।  गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन ।


शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकषर्ण भएको जनाउँदै उनले संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्तामा आउन आह्वान समेत गरेका छन ।

 

संविधान, कानुन र बजेटको सीमाभित्र रहेर समस्याको समाधान खोजिने बताउँदै सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकको माग सम्बोधन गरी उनीहरुलाई विद्यालय फर्काउने वातावरण तयार गर्न अन्तरिम आदेश दिएपछि सरकार दबाबमा परेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार