आन्दोलनरत शिक्षकहरूसँग महामन्त्रीद्वयले गरे सानेपामा छलफल

काठमाडौं । आन्दोलनरत शिक्षक अगुवाहरूसँग नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यालय सानेपामा छलफल गरेका छन ।
महामन्त्रीद्वयले समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विशेषगरी, शिक्षण पेशासँग जोडिएका संरचनागत सुधार, पेशागत सुरक्षाका सवाल, तथा उनीहरूको सरोकारका अन्य मुद्दाहरूबारे समेत सम्वाद गरिएको थियो।
शिक्षक प्रतिनिधिहरूले सरकारसँग भएका विगतका सहमति कार्यान्वयन नभएको, तथा आफूहरूले उठाएका जायज मागहरूलाई सम्बोधन गर्न राजनीतिक तहबाट गम्भीर पहल हुन नसकेको गुनासो गरे ।
छलफलमा महामन्त्रीद्वयले शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड भएको भन्दै शिक्षकहरूको आवाजप्रति पार्टी गम्भीर रहेको समेत धारणा राखे।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस