• मंगलबार १२-२५-२०८१/Tuesday 04-08-2025
देश/प्रदेश

कुलमानको पुनर्बहाली माग गर्दै प्रदर्शन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा  कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै आइतबार प्रदर्शन भएको छ।

 

 कुलमानका समर्थकहरूले विभिन्न ब्यानर ,झाँकी र प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनमा सहभागीहरूले प्राधिकरणमाथिको राजनीति बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए । 

 

चैत ११ मा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेर हितेन्द्र शाक्यलाई नियुक्त गरेको थियो ।घिसिङलाई अपमानित ढंगले बर्खास्त गरिएको भन्दै सरकारको उक्त निर्णयविरुद्ध  समर्थकहरूले प्रदर्शन गरेको बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार