देशमा केही हुँदैन की भन्ने नागरिकमा चिन्ता बढेको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुने बताएका छन ।
नेपाल थारु संघको आज तुलसीपुरमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले विधानबमोजिम समयमै पार्टीको महाधिवेशन हुने बताए । पार्टीको विधान परिवर्तन गरी कुनै पनि उम्मेदवार सम्बन्धित जिल्लाले नै तोक्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।
महामन्त्री थापाले देशमा केही हुँदैन की भन्ने नागरिकमा पछिल्लो समय चिन्ता बढेको बताउँदै सरकारले जनमैत्री काम गरेमा युवापुस्तामा देखिएको असन्तुष्टि पनि हट्ने पनि बताए ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस