• बिहीबार ११-१-२०८१/Thursday 02-13-2025
देश/प्रदेश

जोशीलाई  पुर्पक्षका लागि थुनामा पठाउने आदेश 

काठमाडौं । रुपन्देही जिल्लाको सुप्रिम सहकारीमा रकम अपचलन गरेको भन्दै पूर्व डिआइजी छविलाल जोशी बन्जाडेलाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

 

जिल्ला अदालत रुपन्देहीका माननीय न्यायाधीश श्री बसिस्ठ कुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनुभएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए । पछि ठहर बमोजिम हुने गरि अहिलेलाई थुनामा पठाउने आदेश आएको ज्ञवालीले बताए । छविलाल पूर्व डिआइजी तथा गोर्खा मिडियाका पूर्व सञ्चालक समेत हुन् ।

 

यो मुद्दामा पूर्व डीआईजी जोशीसहित रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई लगायतलाई प्रतिवादी बनाइएको छ । लामिछानेलाई यसअघि रूपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिएर तारिखमा छोडेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार