• बिहीबार ११-१-२०८१/Thursday 02-13-2025
डबली

‘राष्ट्रिय चेतना र सहिदको भावना’ विषयक कला प्रदर्शनी 

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा मङ्गलवारबाट ‘सहिद दिवस २०८१’ का सन्दर्भमा ‘राष्ट्रिय चेतना र सहिदको भावना’ विषयक कला प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीको प्रतिनिधि सभा सदस्य  पूर्णबहादुर घर्तीले उद्घाटन गरे । उनले देशका लागि विभिन्न समयमा भएका सहिदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै कलाकारले आफ्ना कलामार्फत हामीले हालसम्म प्राप्त गरेका कुराहरू जनतालाई बुझाउन सक्नुपर्ने बताए ।

 

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेपालको संविधान २०७२ को मूल मर्मलाई आत्मसात् गर्दै परिवर्तनका लागि भएका देशभक्तिपूर्ण आन्दोलन, सङ्घर्ष, बलिदान, सहिदको उत्सर्ग र त्याग, सामाजिक रूपान्तरण, जागरण, चेतना, स्वाधीनता, माटो, लोकतन्त्र, वीरता, सहिदप्रतिको सम्मान, एकतालगायतका भाव एवं विषयवस्तुलाई समेटेर प्रदर्शनीको आयोजना गरिएको बताए ।

 

कलाकार मदन चित्रकारले कलाकारहरूले सहिदका जीवनमा आधारित कलाकृति बनाउनुपर्ने र यस्ता कामलाई ग्यालरीमा सजाउनुपर्ने बताउनुभयो । उहाँले सहिदका विविध विषयलाई कमिक्स, स्टोरी बुक, इलस्ट्रेसनमार्फत पनि समेट्नुपर्ने धारणा राखे । 

 

प्रदर्शनीमा नारदमणि हार्तम्छाली, लालकाजी लामा, देवेन्द्रकुुमार काफ्ले, पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा राई, अरुणा हिङमाङ, सङ्गी श्रेष्ठ, जुपिटर प्रधान, एस.सी. सुुमन, राजन काफ्ले, राखी कर्ण, सुुभाद्री सुुभा, तुुलसीराम भण्डारी, लक्ष्मण मण्डल, सरिता मण्डल, रुक्साना (मङ्गली) महर्जन, सुुष्मा श्रेष्ठ, रामकृष्ण थापा, सुुवास आचार्य, सिकेन्दर चौधरी, लिलाधर के.सी., भीमबहादुर श्रेष्ठ, रेनुका महर्जन, सुरेम देशार, विवेक मुकारुङ, चन्द्रा श्रेष्ठ, राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, किशोर नकर्मी, विनोदकुमार गुप्ता, एनबी गुरुङ, केशवराज खनाल, श्यामसुन्दर यादव, विक्रम प्रजापति, नारायणप्रसाद बोहजु, नेमबहादुर तामाङ, सुदनकुमार सिंह, विपना महर्जन, राजकुमार राना, कान्छाकाजी भासिमा, मंगोलपुत्र, मनरा प्रजापति, राजेन्द्र याकामी, महेश बास्ताकोटी, प्रकाश मानन्धर, एविना भडेलगायतका कलाकारका ५४ कलाकृति राखिएका छन् । कार्यक्रममा प्रतिष्ठानका पादाधिकारीहरू, प्राज्ञसभा सदस्य, कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार