कांग्रेसले सिंहको निधनको शोकमा ३ दिन पार्टीको झण्डा आधा झुकाउने
काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको शोकमा तीन दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र ३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।पौडेलका अनुसार मंगलबार पार्टीको केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय पनि भएको छ ।
स्वर्गीय सिंह लामो समयदेखि सर्वोच्च नेता एवं लौहपुरुष गणेशमान सिंहको सन्निकटमा रहेर कार्य गर्नु भएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा संलग्न रहँदा उहाँले पटक–पटक जेल जीवन व्यतित गर्नुका साथै भारतमा निर्वासित जीवन समेत व्यतित गर्नु भएको थियो ।
प्रजातन्त्र पुनस्र्थापनापछिको २०४९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उहाँ काठमाडौं नगरपालिकाको पहिलो नगर प्रमुखमा निर्वाचित हुनु भएको थियो । स्वर्गीय सिंहकै पहलमा वि।सं। २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । त्यसैगरी वि।सं। २०५६ मा उहाँ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य हुनु भएको थियो ।
स्वर्गीय सिंहले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस