रवि लामिछानेको भनिएको फोटोबारे अनुसन्धान जारी छ : गृहमन्त्री
काठमाडौं। गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षबाट बाहिरिएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको फोटोका सम्बन्धमा अनुसन्धान भइरहेको बताएका छन ।
भरतपुर विमान स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्र्दै मन्त्री लेखकले त्यो घटनाका सत्य तथ्य बाहिर आउने स्पष्ट पारे ।ठगी अभियोग लागेका रास्वपा सभापति लामिछानेको हिरासतमा सुतेको भनिएको फोटो अहिले सामाजिक सञ्जालमा छ ।
सभापति लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले केहि दिन अघि अनुमति दिएको हो । लामिछानेमाथी यसअघि सात पटक म्याद थप भइसकेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस