लामिछाने थप १३ दिन हिरासतमा
काठमाडौंं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
सहकारी ठगी र सङ्गठित अपराध कसूरमा पक्राउ परेका लामिछानेलाई चौथो पटक म्याद थप्न आज प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियाे । न्यायाधीश नवराज दाहालले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १३ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।
लामिछानेलाई कात्तिक २ गते काठमाण्डौमा पक्राउ गरेर कास्की लगेपछि प्रहरीले आज चौथो पटक अदालतमा उपस्थित गराएको हो । सूर्यदर्शन सहकारीको बचत रकम लामिछाने तत्कालीन अवस्थामा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको देखिएको भन्दै सहकारीसम्बन्धी संसदीय छानबिन समितिले कारबाही सिफारिश गरेको थियो ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस