• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
बिश्व

नोबेल पुरस्कार के हो ?

काठमाडौं । यतिखेर यस वर्षको नोबेल पुरस्कार घोषणा हुने क्रम चलिरहेको छ। यसै साता अधिकांश विधाका विजेता को हुन् भनेर थाहा भइसक्ने छ। नोबेल शान्ति पुरस्कार "देशहरूबीच भाइचारा प्रवर्धन गर्न, सैन्य तनाव हटाउन वा घटाउन र (द्वन्द्व निवारण गर्ने उद्देश्यले) शान्ति भेला गर्ने वा त्यसलाई प्रवर्धन गर्ने" व्यक्तिलाई प्रदान गरिन्छ।

 

नोबेल पुरस्कारलाई किन निकै प्रतिष्ठित मानिन्छ? अनि विगतका केही विजेताहरू कस्ता छन्? प्रत्येक वर्ष भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ति गरी छ विधामा नोबेल पुरस्कार प्रदान गरिन्छ। 

 

विगत १२ महिनामा "मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका" व्यक्तिलाई ती पुरस्कारबाट सम्मानित गरिन्छ। स्वीडिश व्यापारी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले यी पुरस्कारहरू स्थापना गरेका थिए। उनले आफ्नो अधिकांश सम्पत्ति पुरस्कार दिने उद्देश्यले कोष स्थापना गरी त्यसमा राखेका थिए।

 

नोबेल पुरस्कार सबैभन्दा पहिले सन् १९०१ मा प्रदान गरिएको थियो।सन् १९६८ मा स्वीडनको केन्द्रीय ब्याङ्कले अर्थशास्त्रका लागि छुट्टै पुरस्कारको स्थापना गरेको थियो।

 

शोध संस्थानका सदस्यहरू, विश्वविद्यालयका प्राध्यापकहरू, वैज्ञानिकहरू, पूर्वविजेताहरू र अन्यले मनोनयन दर्ता गर्छन्। नोबेल फाउन्डेशनको नियमानुसार ५० वर्षसम्म अन्तिम छनोट सूची प्रकाशित गरिँदैन। कसैले आफैँलाई मनोनयन गर्न पाउँदैन।

 

पुरस्कार विजेतालाई लरेट भनिन्छ। उक्त शब्दले प्राचीन ग्रीसमा कुनै प्रतियोगितका विजेताहरूलाई दिइने प्रतिष्ठित पुष्पहारको सङ्केत गर्छ। एउटा पुरस्कार बढीमा तीन जनाले पाउन सक्छन्।

 

केही वर्ष नोबेल पुरस्कार प्रदान गरिएन। खास गरी दुई विश्वयुद्धताका पुरस्कार घोषणा गरिएको थियो। नोबेल फाउन्डेशनको नियमानुसार यदि कुनै विधामा त्यस वर्ष पुरस्कृत हुन कोही योग्य भएनन् भने त्यो घोषणा हुँदैन र त्यसको पुरस्कार रकम अर्को वर्षका लागि राखिन्छ। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार