• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
बिश्व

अमेरिकामा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रद्द

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई गर्ने भनिएको स्वागत कार्यक्रम स्थगित भएको छ।

 

न्यूयोर्क कमिटिका संयोजक शान्ति गुरुङ र केन्द्रिय सदस्य मोहन जंग थापाको नेतृत्वमा कार्यक्रम सभा बाहिर जुताको माला, कालो झण्डा र विभिन्न नाराका ब्यानर लिएर बिरोध प्रर्दशन गर्ने भए पछि प्रधानमन्त्री  ओली र परराष्ट्रमन्त्री  राणाले सम्बोधन गर्ने गरि आइतबार साँझा ५ स्३० बजे तय गरिएको कार्यकम रद्द भएको छ ।

 

नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कले आयोजना गर्ने भनिएको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो। नेपाली महावाणिज्यदूतावासले विज्ञप्ति जारी गर्दै सुरक्षा संवेदनशीलता र साइडलाइन वार्ताको व्यस्थताका कारण स्वागवत कार्यक्रम स्थगन गर्नुपरेको जनाएको छ।

 

प्रधानमन्त्री ओलीको स्वागतमा राखिएको कार्यक्रममा नेपाली समुदायले गैर आवासीय नागरिकता प्रभावकारी नभएकोले पुरानै नागरिकताको निरन्तरता र ड्यालस तथा क्यालिफोर्नियामा कन्सुलेट कार्यालय स्थापनाको लागि आवाज उठाउने तय भएको थियो। त्यसका लागि क्यालिफोर्निया, टेक्सासबाट नेपाली समुदायका अगुवाहरू न्यूयोर्क पुगेका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार