• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
बिश्व

इजरेलमा इरानी क्षेप्यास्त्र हमला

काठमाडौं । इरानले इजरेल तर्फ प्रहार गरेको झण्डै १८० वटा क्षेप्यास्त्रमध्ये अधिकांशलाई इजरेली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिएको इजरेली सेनाले जनाएको छ।

 

जेरुसेलमस्थित एकजना बीबीसी संवाददाताले केही सैन्य अखडामा प्रहार लागेको बताएका छन्। केही रेस्टुराँ र विद्यालयमा समेत क्षति पुगेको छ। अधीनस्थ वेस्ट ब्याङ्कको जेरिको क्षेत्रमा एकजना प्यालेस्टिनी पुरुष मारिएको इजरेल डिफेन्स फोर्सेस (आइडिएफ) का एकजना प्रवक्ताले जनाएका छन्।

 

इरानी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल एक्समा इरानले आफ्नो सैन्य कारबाही "पूरा गरेको" जनाएका छन्। तर इजरेलले जबाफी कारबाही गरेमा थप हमला गर्ने जनाएका छन्। इजरेलका अन्तर्राष्ट्रिय साझेदारहरूले उक्त देशका दशौँ लाख मानिसहरूलाई बमबाट सुरक्षित रहन बनाइएका आश्रयस्थलमा पुग्न बाध्य पार्ने गरी भएका प्रहारको निन्दा गरेका छन्।

 

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानले "ठूलो गल्ती गरेको" बताउँदै त्यसको "मूल्य चुकाउनु पर्ने" बताएका छन्। मन्त्रीपरिषद् बैठक सुरु भए लगत्तै बोल्ने क्रममा नेतन्याहूले इरानले इजरेल र उसका शत्रुविरुद्ध "जबाफ दिने दृढता" आफ्नो देशको दृढतालाई "नबुझेको" बताए।

 

"उनीहरूले बुझ्नेछन्," उनले भने। "हामीहरू हामीले बनाएका नियममा दृढ छौँ, जसले हामीलाई हमला गर्छ, हामी (उनीहरूलाई) हमला गर्छौँ।" व्यापक रूपमा इरानी क्षेप्यास्त्र हमला भएका केही घण्टामै इजरेली वायु सेनाले हिज्बुल्लाहलक्षीत निशानामा भन्दै लेबननको राजधानी बेइरुतमा थप प्रहार गरेको छ। बीबीसी

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार