• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
डबली

जीवन र मृत्यूबारे अकाट्य सत्य ‘आगोको बीउ’

काठमाडौं । लेखक युवराज नयाँघरेको निवन्ध सङ्ग्रह ‘आगोको बीउ’ बिहीबार राजधानीमा सार्वजनिक गरिएको छ ।

 

अख्यानकार कृष्ण धराबासी, त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक कुमारी लामा, पद्मकन्या क्याम्पसका उप–प्राध्यापक ज्ञानु अधिकारी, सर्जक नयाँघरेलगायतले सो कृति सार्वजनिक गरेका हुन । उप–प्राध्यापक कुमारी लामाले आगोको बीउ कृतिमा आफुलाई भूमिका लेख्ने अवसर दिएर लेखक नयाँघरेले कृतज्ञ बनाएको अनुभव सुनाउँदै समग्रमा  कृतिले जीवन र मृत्यूबारे अकाट्य सत्यलाई बोध गराउन सफल भएको चर्चा गरिन् ।

 

उप–प्राध्यापक ज्ञानु अधिकारीले आगोको बीउमा मानव, समाज प्रकृतिसँगको यथार्थ अनुभूतिलाई लेखकले मिहिन ढङ्गले पस्कन सफल भएको बताइन ।

 

साहित्यकार अनिता कोइरालाले आगोको बीउ कृतिबारे पाठकीय प्रतिव्रिmया दिंदै यस कृतिमा सङ्ग्रहित हरेक निवन्धमा आफुले आगोको बीउको सुगन्ध पाएको बताइन ।उनले सर्जक नयाँघरेले पुस्तकमा प्रयोग गरेको ठेट नेपाली शब्द र छोटा–छोटा वाक्यसहित सरल नेपाली भाषामा लेखिएको निवन्धमा बोधगम्य र अर्थपूर्ण ओजनदार सन्देश र सिकाई पढ्दा पाठकलाई पुस्तक पढेर सिध्याईहाल्ने हुटहुटी जाग्ने जनाइन ।

 

मदन पुरस्कार विजेता लेखक  नयाँघरेको आगोको बीउ निवन्ध सङ्ग्रह १९ औं कृति हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार