• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
प्रवास

एक्काको अध्यक्षमा पाठक

सिड्नी (अष्ट्रेलिया)।अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलायन्स (एक्का) को हालै  सम्पन्न सातौं साधारण सभाले कोमलराज पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

 

सिड्नीमा आयोजित साधारण सभाले उपाध्यक्षमा चुडामणि सिलवाल, सत्यप्रकाश कँडेल र शंकर धरेललार्इ निर्वाचित गरेको छ ।

 

त्यसैगरि सचिवमा योगेन्द्र पौडेल, सहसचिवमा राम चालिसे र कोषाध्यक्षमा भुवनहरि पाण्डे निर्वाचित भएका छन् । 

 

साधारणसभाले अनिश पुरी, अर्जुन थपलिया, भूमि सुवेदी, सुनिल सिग्देल, अरुण गौतम, दिपक पौडेल, सागर कुमार शर्मा र सुमन अधिकारीलाई निर्विरोध निवार्चित गरको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार