• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
पत्रपत्रिका

जलवायु परिवर्तनले हिमालयमा अकल्पनीय असर : परराष्ट्रमन्त्री राणा

ललितपुर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा अकल्पनीय असर गरिरहेको छ भन्दै यसको असर रोक्न समयमै सोच्नुपर्ने बताउनुभएको छ ।

 

राष्ट्रिय प्रकृति संरक्षण कोषसहित सातवटा संस्थाको संयुक्त आयोजनामा ललितपुरमा बिहीबार आयोजित हिमालयन क्षेत्रमा वातावरणीय परिवर्तन विषयका अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा मन्तव्य राख्दै उहाँले जलवायु परिवर्तनका कारण हिमाल पग्लिने क्रम तीव्र रुपमा बढिरहेको बताउनुभयो । यसले हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनशैलीमा मात्र नभई पूरै पर्यावरणीय चक्रमा नै नकारात्मक प्रभाव पारिरहेको उहाँले बताउनुभयो ।

 

“जलवायु परिवर्तनका कारण नेपालमात्र नभएर हिमालय क्षेत्रमा अवस्थित देशमा अकल्पनीय रूपमा असर परिरहेको छ, यो ज्यादै चुनौतीको विषय बन्दै गएको छ, हामीले यसबारेमा समयमै सोच्नुपर्ने अवस्था छ । यस क्षेत्रमा बसोबास गर्ने समुदायमा जलवायु परिर्तनका कारणले पारेको प्रभाव अहिले उनीहरूको व्यक्तिगत जस्तो देखिए पनि त्यहाँ सामना गर्नुपरेको जलस्रोतको अभाव र यसबाट उक्त क्षेत्रको कृषि प्रणालीमा परिरहेको छ । जसको प्रभावले हिमालसँगसँगै मानवीय अस्तित्वकै सङ्कट उत्पन्न हुने अवस्था छ”, उहाँले भन्नुभयो ।

 

जलवायु परिवर्तनका कारण निम्तिदै गएका सङ्कटका विषय अत्यन्तै गम्भीर भएर समयमै सोच्नुपर्ने आवश्यकता आवश्यकता औंल्याउँदै उहाँले हिमालय क्षेत्रमा देखिएको यस्तै असरकै कारण केही समय मात्रअघि पूर्वी नेपालको सोलुखुम्बू जिल्लाको थामेमा हिमनदी फुटेर असर परेको बताउनुभयो ।गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार