• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
अर्थ

टाटाको पन्चइभी नेपाली बजारमा 

काठमाडौं। टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि.ले पन्चइभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा सुरु भएको “१६ औं टाटा इभी नाडा अटो सो २०२४“ मा पन्चइभीको विक्री वितरण आरम्भ गरेको हो । टाटा पन्चइभी शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो।

 
पन्चइभी उत्कृष्ट एक्ट इभीप्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको  पहिलो उत्पादन पन्चइभी अत्याधुनिक प्रविधियुक्त छ।  १६ इन्चएल आरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्चइभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ। नेपालको विभिन्न भुभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेञ्ज प्रदान गर्नेछ। पन्चइभीमा १लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ । 


टाटा मोटर्स पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ स्ट्राटिजी अफिसर बालाजी राजनको अनुसार “नेपाली बजारमा टियागो इभी र नेक्सनइभीको  सफलता पछि पन्चइभी सार्वजनिक गर्न पाउँदाहामीले अत्यन्तखुसी छौ । भारतमाअत्यन्तै लोकप्रिय टाटा पन्चमासिक रूपमा १८ हजार युनिट भन्दा बढी बिक्रीभइरहेको छ। र हामीपन्चइभीले धेरै भन्दा धेरै नेपाली ग्राहकहरुको पनि मन जित्ने कुरामाहामी पूर्ण विश्वस्त छौ ।


सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठको अनुसार“ टाटा मोटर्ससँगको व्यापारिक साझेदारीमा पन्चइभी नेपालमा सार्वजनिक गर्न पाउँदा हामी हर्षित अनि उत्साहित छौ । लामो समय देखि नेपाली बिद्युतीय गाडीको बजारमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सिप्रदीले पन्चइभी संगै नेपाली बजारमा फेरी यहि स्थान कायम गर्नेमा हामी विस्वस्त छौ।  अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयुभी – पन्चइभीले हाम्रो ग्राहकहरुलाई  वातावारणमैत्री, आरामदायी र सुरक्षितयात्राको अनुभुति पाउनु हुनेछ ।”

 

नेपालभरी टाटा इभी गाडीका लागि २६ डिसी  फास्ट चार्जिङ्ग स्टेशन, १५०+ एसी फास्ट चार्जिङ्ग, १५०+ एसी स्लो चार्जिङ्ग नेटवर्क छ। यसैगरि १६ इभिडेडिकेटेड सेवा सञ्जाल, र २२ बटा बिक्री केन्द्र रहेका छन । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार