• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
अर्थ

नाडा सम्पन्न, ८० हजार भन्दा बढीले गरे अवलोकन

काठमाडौं । भदौ ११ देखि काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको नाडा अटो सो सम्पन्न भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले आइतबार यस वर्षको सवारीसाधन प्रदर्शनी मेलाको समापन गरेका हुन्।  

 

विद्युतियसवारी साधनहरुको सहभागिताका कारणयो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । यो अटो शो बिगतमा भन्दा निकै भब्य र बृहत भएको अबलोकन कर्ताहरुले समेत टिप्पणी गरेका छन् । अत्यन्तै सुस्ताइरहेको अटोमोवाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको  अटो शो ले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायक सिद्ध भएको छ ।

 

अटो सोमा चारपांग्रेमा उत्कृष्ट स्टल अवार्ड सीजी मोटर्स प्रालिको रिडराले पाएको छ। त्यसैगरी दुईपांग्रेमा उत्कृष्ट स्टल अवार्ड वैद्य अर्गनाइजेसनको एथर ब्रान्डले पाउँदा कमर्सियलमा एमएडब्लु वृद्धिको सेकोन र कम्पोनेन्टमा सत्यदिप इन्टरप्राइजको भिडोलले पाएको छ। 


यस वर्षको थपआकर्षणमा हिरो जुम स्कुटरलेलक्की ड्र गरी एक जना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्था समेत गरेको थियो । विजेताले आफनो टिकट सहित नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।  यसपटकको नाडा अटो सोमा ८० हजार बढी दर्शकले अवलोकन गरेको नाडाले जनाएको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार