• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
डबली

‘मुकाम रणमैदान’ लाई मदन पुरस्कार

काठमाडौँ । २०८० सालको मदन पुरस्कार मोहन मैनालीद्वारा लिखित ‘मुकाम रणमैदान’ ले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभा बैठकले मुकाम रणमैदान पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० प्रदान गर्ने निर्णय गरेको हो । 

 

शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । त्यसैगरी प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा–श्री २०८० अर्पण गर्ने निर्णय भएको दीक्षितले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

 

गुठीले प्राप्त गरेको ३०४ पुस्तकहरुमध्येबाट पाँच पुस्तकहरु भक्त स्याङतानको डम्फुको आत्मलाप, जीवन क्षेत्रीको नुन–तेल, भावेश भुमरी र प्रमिता चाम्लिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन मदन पुरस्कार श्रेष्ठ सुची २०८० का निम्ती छनौट भएका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार