• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
राजनीति

ओली ढाँटछोप गर्न सिपालु : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढाँटछल गरेर एमालेले कांग्रेससंग गठबन्धन गरेको बताएका छन् ।

 

बुधबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले कांग्रेससंग सहमति भएपछि पनि एमाले अध्यक्ष ओलीले आफुसंगको छलफलमा आफ्नो सरकारलाई समर्थन जारी रहने भन्दै ढाँटछल गरेको बताएका हुन ।

 

उनले आफुले सदनमा विश्वासको मत लिने र त्यसपछिको अवस्थामा संसदमा सशक्त भूमिका निर्वाह गर्न सवै दलहरुलाई साथमा लिने बताए ।

 

बैठकले प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्दै अन्य दलहरुसंग पनि विश्वासको मतका लागि अपिल गर्ने निर्णय गरेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार