• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
डबली

‘समसामयिक चित्रकला राष्ट्रिय सम्मेलन’ सुरु

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा कोसी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहकार्यमा धनकुटा, साँगुरीगढी गाउँपालिका स्थित भेडेटारमा सोमबारबाट ‘समसामयिक चित्रकला राष्ट्रिय सम्मेलन’ सुरु भएको छ ।

 

कार्यक्रममा कोसी प्रदेशका सामाजिक विकासमन्त्री  पाँचकर्ण राईलेले आफू राजनीतिकर्मी भएता पनि ललितकलाले आफूलाई आकर्षित गरेको बताउनुभयो । प्रदेशका रैथाने, परम्परागत तथा लोककलालाई मुख्य रुपमा पहिचान गरी काम गर्नुपर्ने कुरा औल्याउँदै ललितकलाको उन्नयनका लागि आगामी दिनमा आफूले सक्दो सहयोग गर्ने धारणा व्यक्त गरे ।


कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले कलाको सर्वाङ्गीण विकासका लागि काम गरिरहेको बताए । उनले प्रतिष्ठानको आगामी कार्यक्रमका बारेमा समेत जानकारी गराउँदै कलाको विकासले सभ्य समाज निर्माण हुने विचार व्यक्त गरे । 

 

साँगुरीगढी गा.पा. प्रमुख जितेन रुम्दाली राईले पालिकामा गरिएको कार्यक्रमको सराहना गर्दै उनले आगामी दिनमा प्रतिष्ठानसँगको सहकार्यमा ललितकलासंग काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

प्रतिष्ठानका समसामयिक चित्रकला विभागप्रमुख संजय वान्तवाले कार्यक्रमको महत्त्व माथि प्रकाश पार्दै नेपालमा समसामयिक चित्रकलाको विकासका बारेमा चर्चा गरेका थिए ।

 

कोसी प्रदेशका सामाजिक विकास मन्त्रालयका उपसचिव दामोदर फुयालले कार्यक्रम मार्फत प्रतिष्ठानसँग जोडिएको र ललितकलाको क्षेत्रमा जोडिएका काममा आफूले सक्दो सहयोग गर्ने बताए । 

 

कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्य सङ्गी श्रेष्ठ, अजमत अली, कलाकारहरू सरोजा खड्गी, युवराज रिजाल, छितेन शेर्पा, महेन्द्र राई, अनुराधाथापा, सविन उपाध्याय, गणेश लामा, डिल्ली आले, जितेन राई, प्रनोद दत्त, मुकुन्द प्रयास, मुकेश श्रेष्ठ, राजनपन्त, किरण सिगु, कृष्ण लामा, उद्धव  रिमाल, राकेश चन्द्र श्रेष्ठ, सुदर्शन विक्रम राणा, चन्द्रकुमार राई, गोपाल दरै, सुदिन श्रेष्ठ, नगेन सिंह, श्यामसुन्दर यादव, मनु चौधरी, एचबी रम्तेल, खेम घिमिरे, हिमालय गौतम, पाल्साङ विक्रम लामा, यसोदा कुमारी सिंह, सुरेश प्रतीक, विभिन्न स्थानीय सङ्घ संस्थाका प्रमुखहरू, पार्टीका प्रतिनिधिहरू, बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार