• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
डबली

नाट्य प्रतिष्ठानमा ‘नेपाली समाज र सङ्गीत’ बिषयमा अन्तरक्रिया

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विश्व सङ्गीत दिवसको अवसरमा ‘नेपाली समाज र सङ्गीत’ विषयक अन्तरक्रिया कार्यक्रमतथा राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१ को नतिजा सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभा सदस्यएवं लुम्बिनी प्रदेशका पूर्व सभामुख पूर्ण घर्तीज्यूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाली समाज र सङ्गीतका विषयमा विचार विमर्श एवं अन्तरक्रिया कार्यक्रम अषाढ ७गते प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्ण घर्तीले सङ्गीतका विषयमा गरिएको अन्तरक्रिया कार्यक्रमले विश्व सङ्गीत दिवसको महत्वलाई उजागर गरेको बताउनुहुँदै नेपालमा बसोबास गर्ने हरेक जाति र समुदायका आफ्नै किसिमका सङ्गीत र बाजाहरु रहेकोमा तीनको व्यवसायिकतालाई प्रवद्र्धन गर्न राज्यको ध्यान नपुगेको औल्याए। 

 

कार्यक्रमलाई सम्बोधनगर्दै सभाध्यक्ष एवं नेपाल सङ्गीततथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले यस्ता अन्तरक्रियाले नेपाली सङ्गीतको बाटो तय गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउदै नेपाली सङ्गीतमा रहेका विकृति र विसङ्गतीलाई न्यनीकरण गर्न प्रज्ञा–प्रतिष्ठानले विभिन्न चरणमा छलफल गर्दै आएको जानकारी गराउनुहुँदै सांस्कृतिक संघ संस्थाहरु मार्फत लिखित सुझावको अपेक्षा समेत गरे । 

 

कार्यक्रममा वरिष्ठ गीतकार विश्ववल्लभ, गीतकार प्रेमनाथ अधिकारी, प्राज्ञ माधव प्रधान, गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापा,जनसांस्कृतिक महासंघ नेपालका उपाध्यक्ष डम्बर रोकाया, नृत्य   निर्देशक संघका अध्यक्ष भुवन श्रेष्ठ, गायक चिरन पुन, हेमराज आश्रम, आना इस्टर, झंकार बुढालगायतले नेपाली समाज र सङ्गीतका विभिन्न पक्षहरुका बारेमा आफ्नाधारण राखेका थिए । कार्यक्रममा उपकुलपति राईले  ‘राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१’ को नतिजा सार्वजनिक गर्दै सातै प्रदेशका सात उत्कृष्ट प्रतियोगीहरुको नाम घोषणा गरेका थिए

 

मापदण्ढ अनुसार १९३ वटा गीतहरु प्राप्त भएकामा कोशी प्रदेशबाट तेज राई (नपालीभाषा), मधेश प्रदेशबाट लिलाराज दाहाल(नेपाली भाषा), बागमती प्रदेशबाट सिर्जनाअर्याल (नेपालीभाषा), गण्डकी प्रदेशबाट बाबुराम श्रेष्ठ (नेपालीभाषा), लुम्बिनी प्रदेशबाट बसन्त कुमार आचाय (नेपालीभाषा)्, कर्णाली प्रदेशबाट रामकुमार शाही (नेपालीभाषा), र सुदुरपश्चिमप्रदेशबाट धीरज नाथ (डोटेलीभाषा) उत्कृष्ट हुन सफल हुनुभएको छ ।


सदस्य सचिव कुश्मा महराले सहजीकरण र सङ्गीत विभाग प्रमुख कर्ण गौतमले स्वागत मन्तव्य दिएको  कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्यहरु टिका पुन, चेतन सापकोटा, बखतबहादुर हमाल, डक्टर राई प्राज्ञ सभा सदस्य महेश्वर सुनार, कला संस्कृति सम्बद्ध विभिन्न संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार