• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
देश/प्रदेश

सर्लाही बस दुर्घटनामा ३ जनाको मृत्यु, १७ जना घाइते

काठमाडौं। सर्लाहीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। रुपन्देहीबाट जनकपुरतर्फ जाँदै गरेको बस पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११ रोकि राखेको लहरीमा ठोक्किँदा दुर्घटना भएको हो ।

 

दुर्घटनामा रुपन्देही मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै हरिवनस्थित नमूना अस्पताल लगिएकोमा चिकित्सकले उनिहरु तीनजनालाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

 

 

दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार