• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
राजनीति

मोदीको शपथग्रहणमा प्रधानमन्त्री दाहाल भारत जाने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु भारत जाने भएका छन्।

 

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमण स्वीकृत गरेसँगै उनी मोदीको शपथग्रहणमा सहभागी हुने निश्चित भएको हो। यसअघि उक्त समारोहमा सरिक हुन उनलाई निम्तो आएको अधिकारीहरूले बताएका थिए।

 

भारतमा सत्तारूढ एनडीए गठबन्धनको नेतृत्व गर्दै तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका मोदीले प्रधानमन्त्री प्रचण्डसँग बुधवार टेलिफोनमा कुराकानी गरेका थिए। मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाँदा यो कार्यकालमा प्रधानमन्त्री प्रचण्डको दोस्रो भारत भ्रमण हुने छ।

 

सन् २०१४ मा मोदीले शपथ लिँदा आयोजित विशेष समारोहमा तात्कालिक प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए। तर प्रचण्डको भ्रमण स्वीकृत गर्ने निर्णय गरेकै बैठकले भारतसहित विभिन्न ११ देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार