• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
देश/प्रदेश

नयाँ वर्षदेखि दरबारमार्ग र ठमेल २४ सै घण्टा खुला

काठमाडौं । नयाँ वर्ष २०८१ देखि दरबारमार्ग र ठमेल क्षेत्र २४ सै घण्टा खुल्ला हुने भएको छ ।

 

बिहीबार ठमेल प्रर्यटन विकास परिषद र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै  व्यवसायीहरूले यस्तो घोषणा गरेका हुन ।नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी यी क्षेत्रलाई चलायमान बनाउने बारे केहि समय अघि देखी छलफल हुदैं आइरहेको थियो ।

 

यद्यपी ठमेल भगवान बहाल क्षेत्र भित्रका व्यवसायीले २४ घण्टा व्यवसाय संचालन गराउन नपाउने पत्रकार सम्मेलनमा बताइएको छ ।ठमेलको भगवान बहालमा स्थानीयको बसोबास भएकाले १० बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्ने नसकिने  ठमेल पर्यटन बोर्डले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार