• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

विश्व क्यान्सर दिवस ,सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व क्यान्सर  दिवस क्यान्सर विरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

 

 ‘क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ अर्थात् क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौं  भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ।

 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु अर्बुद रोगका कारण भएको छ । डब्लुएचओका अनुसार अर्बुद रोगबाट हुने मृत्युमध्ये पनि करिब एकतिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।

 

सबैभन्दा धेरै फोक्सोको क्यान्सर देखिएको छ । स्तन, प्रोस्टेट, कोलोरेक्टम, पेट, कलेजो र मूत्राशयमा अर्बुद रोग बढी हुने गरेका छन् ।

 

नेपालमा बर्सेनि क्यान्सरका बिरामीको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ। खानपानमा ध्यान पु¥याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ।  वातावरण र खानपानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका चिकित्सकको भनाइ छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार